×

अदुवा विभिन्न समस्याहरुमा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, यसको अत्यधिक सेवन गर्नाले तपाईंलाई धेरै समस्याहरु पनि हुन सक्छ । विशेषगरी धेरै अदुवाको सेवन गर्दा महिलाहरुलाई कस्ता समस्या हुन सक्छन् थाहा पाउने कोसिस गरौं-

– धेरै अदुवाको सेवन गर्नाले छालामा ऱ्यासेज, रातो हुने तथा दाना निस्कने र चिलाउने समस्या हुनसक्छ । अदुवा धेरै सेवन गर्नाले आँखा सुख्खा हुने समस्या पनि हुन सक्छ । यस्तोमा काँचो अदुवा धेरै सेवन नगर्नुहोस् ।

– अदुवाको धेरै सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसो गर्नाले पखालाको समस्या हुन सक्छ । वाकवाकी तथा पेट दुख्ने पनि हुन्छ ।

– गर्भावस्थाका क्रममा अदुवाको धेरै सेवन गर्नु हुँदैन । अत्यधिक अदुवाको सेवनले गर्भपातको समस्या हुनसक्छ । यसबाहेक रक्तश्रावको समस्या पनि हुन सक्छ ।

– धेरै अदुवाको सेवनले मुखमा घाउ तथा घाँटी पोल्ने समस्या हुनसक्छ ।

– यदी पित्तथैलीमा पत्थरीको समस्या छ भने अदुवाको सेवन गर्नु हुँदैन । यसले पेटमा दुखाई अझै बढाउँछ ।

– काँचो अदुवाको अत्यधिक सेवनले छाती पोल्ने समस्या हुन्छ । यसले मुटुसम्बन्धी समस्यालाई बढाउन सक्छ त्यसैले काँचो अदुवा खानबाट बच्नुपर्छ ।

Back to top