×

बिग बोस १७ बाट फर्किएपछि भारतीय टेलिभिजन अभिनेत्री अंकिता लोखन्डे एकदमै मस्तीको मुडमा देखिन्छिन् । उनी आफ्ना पति विक्कीसँग रमाइलो गरिरहेको हुन्छिन् ।

यी अभिनेत्री अहिले आफ्ना पति विक्की जैनसँग राजस्थानको उम्मेद भवन प्यालेसमा छुट्टी मनाइरहेकी छन् । यसैबीच अंकिता लोखन्डेले पति विक्कीसँग आफ्नो बेडरुमको भिडिओ शेयर गरेकी छन् । जो उनलाई महंगो परेको छ ।

विभिन्न आलोचकको भनाई छ उनले आफू र पतिबीचको कलहलाई लुकाउन यस्ता भिडिओ शेयर गरिरहेकी छन् । एकले भनेका छन्, “सायद यति  प्रेम बिग बोसमा देखाएको भए अहिले यो सबै गर्नुपर्ने आवश्यकता हुने थिएन ।”

त्यस्तै अर्का आलोचकको भनाई छ, यिनीहरुले आफ्नो नकारात्मकता लुकाउन एकदमै कोसिस गरिरहेका छन् ।

जसरी उनीहरु बिग बोसको घरभित्र प्रस्तुत भएका थिए त्यो सम्झँदा अहिले उनीहरुको सबै क्रियाकलाप नाटक जस्तो देखिने आलोचकको भनाई छ ।

उनीहरुलाई सामाजिक सञ्जालमा धेरैले यस्तो देखावटी व्यवहार नगर्न आग्रह समेत गरेका छन् ।

Back to top