×

शारीरिक सम्बन्धपछि महिलाले केही कुराहरुमा ध्यान दिँदा संक्रमणबाट बच्न सकिन्छ । कतिपय महिला सेक्सुअल सम्बन्धपछि संक्रमणको शिकार हुन्छन् ।

यस्तोमा कसरी बच्न सकिन्छ भनेर विशेषज्ञका केही सुझाव छन् त्यसलाई ध्यान दिनु उपयुक्त हुन्छ ।

सम्बन्धपछि पिसाव फेर्ने

शारीरिक सम्बन्धका क्रममा कतिपय महिलाको योनीमा ब्याक्टेरिया रहन्छन् । यस्तोमा यदि योनी वरपर केही ब्याक्टेरिया छन् भने पनि पिसाव फेर्दा ती बाहिर जान सक्छन् ।

यसबाहेक एसटीआई र यूटिआईबाट बच्न कन्डोमको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

पानी प्रसस्त पिउने

शारीरिक सम्बन्ध राखेपछि प्रसस्त मात्रामा पानी पिउनुहोस् । हाइड्रेशन शारीरिक सम्बन्ध बनाउनु अघि र पछि पनि एकदमै जरुरी हुन्छ ।

यसले थकान पनि कम हुन्छ र शरीरलाई ऊर्जा पनि प्राप्त हुन्छ ।

योनी सफा गर्ने

जहिले पनि शारीरिक सम्बन्ध राखेपछि योनी सफा गर्न नभुल्नुहोस् । सम्बन्ध राख्नु अघि र पछि पनि योनी सफा हुनुपर्छ । यसले संक्रमणको जोखिम बढ्दैन । सरसफाईले पनि धेरै संक्रमणबाट बच्न सकिन्छ ।

Back to top