×

बलिउडमा ६० को दशककी सुन्दर अभिनेत्री वाहिदा रहमानले धेरैको मन जित्न सफल भएकी थिइन । उनको फिल्म ‘गाइड’ हिन्दी र अंग्रेजी भाषामा सिनेमाघरमा रिलीज भएको थियो ।

वाहिदा रहमान र देव आनन्दको फिल्म ‘गाइड’ अहिले पनि धेरैलाई मन पर्ने फिल्ममध्ये पर्दछ । तर यो फिल्मको अन्तिमको दृश्य दर्शकलाई खासै मन परेको थिएन ।

फिल्म ‘गाइड’ को एक सीनका लागि निर्देशकले वाहिदा रहमानलाई साँच्चैको सर्पलाई चुम्बन गर्न भनेका थिए । निर्देशकको यो कुरा सुनेपछि वाहिदा हाँस्न थालिन् र भन्न थालिन्, ‘यो कसरी हुन सक्छ ?’

यो विषयलाई लिएर वाहिदा र निर्देशकको बहस हुन थाल्यो । यस्तोमा निर्देशकले भनिरहेका थिए कि भारतमा यो सामान्य कुरा हो । वाहिदाले निर्देशकलाई सम्झाउने कोसिस गरिन् र भनिन् तपाईंलाई भारतको बारेमा गलत जानकारी रहेछ ।

अभिनेत्रीले यस विषयमा भनिन् सर्पलाई हातले समात्नु र त्यसलाई चुम्बन गर्नु भनेको एकदमै फरक कुरा हुन् । उनले आखिरमा सर्पलाई चुम्बन गर्न अश्वीकार गरिन् ।

Back to top