×

डेब्यू फिल्म फ्लप भएर पनि अहिले बलिउडका राम्रो पकड बनाएर बसेका अभिनेत्री धेरै छन् । शुरुआती दिनमा सफलताका स्वाद चाख्न नपाएका यी अभिनेत्रीहरू अहिले करोडौं फ्यानका प्रिय नायिका बनेका छन् । यिनीहरूको हरेक नयाँ फिल्म दर्शकले आतुरताका साथ कुरेर बसिरहेका हुन्छन् । 

यी अभिनेत्रीहरूले चलचित्रमा काम गरेबापत महँगो पारिश्रमिक पनि लिइरहेका छन् । कट्रिना कैफ, श्रद्धा कपूर, कियारा आडवाणी, सोनम कपुर सबैको करियर फ्लप फिल्मबाट सुरु भएको थियो । आजको यस लेखमा हामीहरु डेब्यू फिल्म फ्लप भएर पनि अहिले बलिउडमा आफ्नो छुट्टै स्थान बनाउन सफल केही अभिनेत्रीहरुबारे कुराकानी गर्नेछौँ ।

कट्रिना कैफ
यस सूचीमा पहिलो नाम अभिनेत्री कट्रिना कैफको आउँछ । कट्रिनाले सन् २००३ मा फिल्म ‘बुम’ बाट आफ्नो फिल्मी करियरको शुरुआत गरेकी थिइन् । बूम ब्ल्याक कमेडी थ्रिलर फिल्म थियो । यसलाई कैजाद गुस्तादले निर्देशन गरेका थिए । यो फिल्ममा अमिताभ बच्चनजस्ता सुपरस्टारले काम गरेका थिए । तर अभिताभको उपस्थितिले पनि दर्शकको मन जित्न सकेन । पहिलो फिल्म नै फ्लप भएको  कट्रिना अहिले इन्डस्ट्रीकी सबैभन्दा सफल अभिनेत्रीमध्येमा पर्दछिन् । हालै मात्र कट्रिनाको ‘मेरी क्रिसमस’ फिल्म रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो ।

श्रद्धा कपूर

यो सूचीमा परेको अर्को नाम चाँहि श्रद्धा कपूरको छ । श्रद्धाको पहिलो ‘तीन पत्ती’ फ्लप भएको थियो । सन् २०१० मा रिलिज भएको यस फिल्ममा श्रद्धासँग अमिताभ बच्चनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर यो फिल्मले हलमा अडिनै सकेन । आदित्य रोय कपुरको साथमा ‘आशिकी २’ ले श्रद्धाको फिल्मी करियरमा कोसेढुंगाको काम गर्‍यो । बलिउडमा श्रद्धाले आफ्नो स्थान बनाउन सफल भइन् । आज श्रद्धा हिन्दी सिनेमाकी सबैभन्दा सफल अभिनेत्री हुन् । पछिल्लो समय श्रद्धाका एकसे एक राम्रा फिल्म आएका छन् ।

कियारा आडवाणी

पछिल्ला केही वर्षमा कियारा आडवाणीले एकपछि अर्को धेरै हिट फिल्म दिएकी छिन् । तर कियराको बलिउड यात्रा सन् २०१४ मा आएको फिल्म ‘फग्ली’ बाट शुरु भएको थियो । फुग्ली नराम्रोसँग फ्लप भयो । फिल्म फ्लप भएपनि दर्शकहरुलाई कियराले आफ्नो उपस्थिति महसुस गराउन सकिन् । ‘एमएस धोनी द अनटोल्ड लभ स्टोरी’मा सुसान्त सिंह राजपुतसँग उनको जोडीलाई धेरैले मन पराए । यो फिल्मबाट कियाराले दर्शकको मनमा आफ्नो लागि विशेष स्थान बनाइन् । यसपछि उनले धेरै सफल फिल्ममा काम गरिसकेकी छिन् । गूड न्यूज, भुलभुलैया २, कबीर सिंह, शेरशाह यी मध्ये केही हुन् । आज उनी बलिउडकी सफल अभिनेत्रीमध्येमा गनिन्छिन् ।

करीना कपूर

बलिउडकी बेबो करीना कपुरको पहिलो फिल्मलाई पनि दर्शकले खासै रुचाएनन् । करिनाले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट बलिउडमा पाइला टेकेकी थिइन् । यो फिल्म करिना र अभिषेक बच्चन दुबैको डेब्यू फिल्म थियो । तर विस्तारै करिनाले इन्डस्ट्रीमा आफ्नो छुट्टै पहिचान बनाइन् । करिनाले आफ्नो करियरमा कयौं हिट फिल्म दिएकी छिन् । बजरंगी भाइजान, बडीगार्ड, गोलमाल, थ्री इडियट्स यीमध्ये केही हुन् । करिना अहिले एउटै फिल्मका लागि १० देखि १२ करोड भारु पारिश्रमीक लिन्छिन् ।

Back to top