×

वीरगञ्ज । सिनेमा ‘सिटामोल’को करिब ५० प्रतिशत छायांकन सकिएको छ । राज बहादुर सानेले निर्देशन गरीरहेको सिनेमा ‘सिटामोल’को छायांकन अहिले सिन्धुलीमा भइरहेको छ । 

अहिलेकै गतीमा काम भएको खण्डमा तीजमा रिलिज गर्ने लक्ष्य राखिएको निर्देशक सानेले बताए । बिगत एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ ।

सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् । यो तस्वीरबाट सिनेमामा उनीहरु श्रीमान–श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ । सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रुपमा हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

सिनेमामा उनीहरुका अलावा लोकेन्द्र लेखकले पनि मुख्य भुमिकामा काम गरेका छन् । बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचि रहेका छन् । सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बि.क र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।
 

Back to top