×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १ वर्षको अवधिमा ५८ करोड ८८ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामग्री भन्सार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले सम्हालेको अवधिमा हालसम्म ५८ करोड ८८ लाख ३९ हजार ५९२ रुपैयाँ बराबरको प्रतिबन्धित सामग्री भन्सार चलान गरिएको हो । 

गत आर्थिक वर्ष २०७९/८० को पुष महिनादेखि असारसम्म ३४ करोड ९६ लाख १६ हजार ३३७ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको थियो । पर्साका प्रमुख प्रहरी उपरीक्षक शाहले यात्रा डेलीलाई उपलब्ध गराएको प्रगति प्रतिवेदनमा उल्लेख भएअनुरुप गत आर्थिक वर्षको ७ महिनामा ५ करोड ३२ लाख ९३ हजार ६१० रुपैयाँ बराबरको किराना सामग्री बरामद गरिएको छ । 

८७ लाख २० हजार ८९० रुपैयाँ बराबरको विद्युतिय सामग्री बरामद हुँदा १० करोड ७३ लाख ५६ हजार ६५५ रुपैयाँ बराबरको सवारी साधन र पार्टपूर्जा बरामद गरिएको छ । अन्दाजी १७ करोड ७१ लख ८८ हजार ६१३ रुपैयाँ मूल्य बराबरको लत्ताकपडा, फेन्सी तथा अन्य सामान बरामद गरिएको उक्त प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको ७ महिनामा विभिन्न कसूरमा ११ जना पक्राउ परेका छन् भने ७० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । 

करोडौको लत्ताकपडा र फेन्सी सामान 
चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा पर्सा प्रहरीले ३२ करोड ९२ लाख २३ हजार २५५ रुपैयाँ बराबरको भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । श्रावणदेखि पुष सम्मको अवधिमा पर्सा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उक्त मूल्य बराबरको राजस्व छलीका सामग्री नियन्त्रणमा लिएको हो । जसमध्ये सबैभन्दा धेरै लत्ताकपडा, फेन्सी तथा अन्य सामान रहेका छन् । 

प्रहरी उपरीक्षक शाहले उपलब्ध गराएको तथ्यांकअनुसार ६ महिनामा १२ करोड ६५ लाख ७५ हजार २० रुपैयाँ बराबरको लत्ताकपडा, फेन्सी तथा अन्य सामान बरामद गरिएको छ । ४ करोड ५९ लाख ८० हजार १७१ रुपैयाँ बराबरको किराना सामग्री बरामद गरिएको छ भने ४ करोड ९ लाख ९१ हजार ७६६ रुपैयाँ बराबरको  सवारी साधन र पार्टपूर्जा बरामद गरिएको छ । 

२ करोड ५६ लाख ७६ हजार २९८ रुपैयाँ बराबरको विद्युतीय सामग्री बरामद गरिएको छ । अवैध सामग्री ओसारपसार तथा तस्करीमा संलग्न रहेका ५४ वटा सवारी साधन र १ जना व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध सम्बन्धी २७८ मुद्दा, ३९३ जना पक्राउ
लागूऔषध सम्बन्धी कसूरमा पर्सा प्रहरीले ३९३ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक शाह पर्सामा आएदेखि हालसम्म स्वदेशी र विदेशी गरी ३९३ जना पक्राउ परेका हुन् । जसमध्ये ६ जना महिलासहित ३७० जना स्वदेशी छन् भने ३ महिलासहित २३ जना विदेशी नागरिक पक्राउ परेका छन् । 

पर्सा प्रहरीले १ हजार १४९ किलो ७६९ ग्राम गाँजा बरामद गरेको छ । १३ महिनाको शाहको कार्यकालमा १३४ किलो ८९० ग्राम चरेश, १७२४ ग्राम ७७४ मिलिग्राम हेरोईन, ४ हजार ३९२ पिस फेनारगन, ७ जार १६१ पिस डाईजेपाम, ५ हजार ८५३ पिस नुर्फिन, १६ हजार २० पिस नाइट्रोभेट, १२० किलो गाँजाको धुलो र एक हजार मिलिलिटरको ४ हजार १८१ बोत्तल कोरेक्स बरामद गरिएको छ । 

सोही अवधिमा प्रहरीले मेड ईन यु एस ए लेखिएको १ थान पेस्तोल, ५ राउण्ड गोली र १९ राउण्ड सर्टगणको कार्टिज पनि बरामद गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार विभिन्न मुद्दामा संलग्न रही फरार रहेका १ हजार ४३३ जना फरा प्रतिवादीलाई पनि पर्सा प्रहरीले अदालतमा उपस्थित गराएको छ । 

१ करोड २४ लाखभन्दा बढी हुण्डीको रकम बरामद
पर्सा प्रहरीले पछिल्लो एक वर्षमा १ करोड २४ लाख १० हजार हुण्डीको रकम बरामद गरेको छ । गत आर्थिक वर्षको पुषदेखि चालु आर्थिक वर्षको पुष महिनासम्म नेपाली रुपैयाँ (नेरु) र भारतीय रुपैयाँ (भारु) सहित १ करोड २४ लाख १० हजार रुपैयाँ बरामद गरिएको हो । जसमध्ये ७० हजार भारतीय रुपैयाँ रहेको छ । अवैध कारोवार सम्बनधी कसूरमा ११ वटा मुद्दा दर्ता हुँदा त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३  जना विदेशीसहित १५ जनालाई पक्राउ गरेको छ ।

पर्सामा ११ सय सुरक्षाकर्मी तैनाथ
जिल्ला प्रहरी कार्यालयको मातहतमा ५५ वटा प्रहरी कार्यालयहरु पर्दछन् । जसमध्ये ३ वटा ईलाका प्रहरी कार्यालय छन् भने २ वटा वडा प्रहरी कार्यालय रहेका छन् । यि ५ वटा कार्यालय प्रहरी निरीक्षकको नेतृत्वमा रहेका छन् । ईलाका प्रहरी कार्यालय ठोरी, ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय पोखरिया रहेका छन् । वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुर पनि छन् । अस्थायी प्रहरी पोस्ट, प्रहरी चौकी गरेर ५० वटा प्रहरी चौकी पर्सामा छन् । जहाँ ११ सय भन्दा बढी सुरक्षाकर्मीहरु परिचालित छन् ।

सबै सुरक्षाकर्मीकै सक्रियतामा र नागरिक समाज तथा स्थानीय जनप्रतिनीधि र बुद्धिजिवीको सहयोगमा समाजमा शान्ती तथा अमनचयन कायम गर्नुपर्ने पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह बताउँछन् । 


 

Back to top