×

वीरगञ्ज । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभक्त राजभक्त समूह पर्साले शुक्रवार महावीर मन्दिरको प्रFङ्गणमा कार्यक्रम गरी मनाएको छ ।

समूहका अध्यक्ष दीपेन्द्र रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सतीशकुमार श्रीवास्तव, रामनारायण साह, सुशील थापा, गोपालप्रसाद श्रेष्ठ, रविकुमार लाठ, विनोद लौव, किशन रौनियार, सन्तोषकुमार गुप्ता, सञ्जय बाबा, शिवकान्त झालगायतको सहभागिता थियो ।

Back to top