×

वीरगञ्ज । लायन्स क्लबले स्वर्ण जयन्तीको उपलक्ष्यमा बाराकाे एक नयाँ सामुदायिक विद्यालयमा एक वर्षभरिलाई नै पुग्ने गरी स्टेशसनरी, खेलकुद लगायतका शैक्षिक सामग्री सहयाेग गरेकाे छ ।

लायन्स क्लबले बाराकाे विश्रामपुर गाँउपालिका वडा नम्बर २ बरैनियामा हालै स्थापित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना बालबालिकालाई १ वर्षभरिका लागि पुग्ने गरी स्टेशनरी,स्कुल ब्याग, खेलकसद, ह्वाइट बाेर्ड लगायतका शैक्षिक सामग्री सहयाेग गरेकाे हाे ।

साेमबार अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन विद्यालयमा पुगेर लायन्स क्लबका पदाधिकारी, समाजिक अभियन्ता प्रकाश थारु लगायतको टाेली ती सामग्री प्रदान गरेका हुन् ।

त्यसअवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , सदस्य, प्रधानाध्यापक, शिक्षक, वडाध्यक्ष मनाेज यादव, वडा सदस्य मन्जुर आलम, विद्यार्थी, अभिभावक लगायतकाेपनि उपस्थिति रहेको थियाे ।

Back to top