×

फाइल तस्बिर ।

वीरगञ्ज । बारामा प्रहरीले एक करोड रुपैयाँभन्दा बढीको अवैध प्याज नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा विभिन्न मितिमा भन्सार छलीका अवैध प्याज १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको नियन्त्रणमा लिएको हो ।

बारा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय पथलैया बारा बुझाइएको छ ।

Back to top