×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

Back to top