×

वीरगञ्ज ।  नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । 

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा पाकिस्ताानमा खेलाएका स्पिनर तिलक राज भण्डारी र विशाल विक्रम केसीलाई आज बेन्चमा राखेको छ । तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई मौका दिएको छ । नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।

Back to top