×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा ३ महिने सिलाईकटाई तालिम सुरु भएको छ । वडा कार्यालयको सहयोगमा डेभलपमेन्ट समाज पर्साले सिलाईकटाई तालिमको आयोजना गरेको हो । 

तालिमको उद्घाटन गर्दै वडाअध्यक्ष राधाकृष्ण रौनियारले वडाका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए । महिलाहरु सक्षम भएर आत्मनिर्भर भएमा समाज स्वतः शिक्षित हुने र महिलाहरुले हिंसा सहनुपर्ने अवस्था नआउने उनको विश्वास छ । लैंगिक हिंसा तथा महिला हिंसालाई रोक्नका लागि महिलालाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यक्ता उनले औँल्याए । 
वडाका महिलालाई सक्षम बनाउने र सीप सिकाउने कार्यलाई आफुले प्राथमिकताका साथ लिएको पनि वडाअध्यक्ष रौनियारले दाबी गरे । ३ महिनासम्म सञ्चालन हुने सिलाईकटाई तालिममा वडाका ३० जना महिलाहरु सहभागी छन् । 
 

Back to top