×

बारा । हिंसाका जोखिममा रहेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ र २ का ८ परिवारले आवश्यकतामा आधारित सहयोग स्वरुप खाद्यान्न उपचारमा सहयोग पाएका छन ।

इस्लामिक रिलिफ वल्र्ड वाइडको आर्थिक सहयोग तथा जनजागरण युवा क्लब जेजेवाईसि बाराको आयोजना संचालित समुदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजनाले सहयोग प्रदान गरेको हो । 

सहयोग बितरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विश्वनाथ कुश्वाहा, सस्थाका कोषाध्यक्ष सियाराम यादव लगायतको उपस्थिति रहेको थियो ।

एकल महिला, अपाङ्गता गरिवी, विभिन्न कारणले साहारा विहिन बाल विबाह बहु विवाह जस्ता समस्याले हिंसा पिडित वा जोखिममा रहेका पहिचानमा आएका परिवारलाई १५ हजार बरावरको खाद्यान्न र १० हजार बरावरको उपचार सहयोग वितण गरिएको हो । 

हिंसा पिडित वा जोखिममा रहेका पहिचानमा आधारमा उनीहरुलाई चामल, दाल, चिनी, तेल, मसला, साबुन सरफ खाजाको समान लगायत बितरण गरिएको थियो । 

कार्यक्रममा हिंसाको जोखिममा रहेकी महागढीमाई एक महिलालाई उपचार सहयोग गरेको छ । यस अघिपनि सुवर्णका पाँच र महागढीमाईका दुई परिवारलाई खाद्यान्न सहयोग गरिएको थियो ।
 

Back to top