×

गुर्जोमा कयौं प्रकारका औषधिय गुण पाइन्छन् । यो खाँदा कतिपय रोगमा फाइदा पुग्छ ।

आउनुहोस् गुर्जो खाँदा हुने फाइदाका बारेमा जानौं ।

  •  यसमा एन्टीअक्सीडेन्ट तथा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ । यसबाट शरीरमा कयौं प्रकारका फाइदा हुन्छन् ।
  •  मधुमेहका विरामीका लागि गुर्जो एकदमै फाइदाजनक हुन्छ । यसमा एन्टीहाइपरग्लाइसेमिक गुण हुन्छ जसले मधुमेहलाई नियन्त्रण गर्न सहयोग गर्छ ।
  •  गुर्जो मुटुका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसको जुस पिउँदा रक्तचापको समस्यामा राहत पुग्छ ।
  •  डेंगु हुँदा पनि गुर्जो पानी प्रभावकारी हुन्छ । यसमा पाइने तत्वले ज्वरो कम गर्नुका साथै प्लेटलेट्स बढाउन सहयोग गर्छ ।
  •  तपाईंलाई पाचनसँग जोडिएको समस्या छ भने पनि गुर्जोको सेवन लाभकारी हुन्छ । यसले कब्जियत तथा ग्यास जस्ता समस्या कम बनाउँछ ।
  • शरीरमा रगतको कमी हुँदा एनीमिया जस्तो रोगको खतरा बढ्छ । यसको कमी पूरा गर्नका लागि पनि गुर्जोको सेवन गर्न सकिन्छ ।
  • तनावको समस्या भइरहेको छ भने गुर्जोको सेवन फाइदाजनक हुने आयूर्वेदका चिकित्सक बताउँछन् । यसले तनावलाई कम गरेर दिमागलाई स्वस्थ राख्छ ।
Back to top