×

वीरगञ्ज । नेपालको श्रम आन्दोलनमा सि १९० को सान्दर्भिकता र ट्रेड युनियनको भूमिका विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियानको अवसरमा जिफन्ट मधेश प्रदेश कमिटीले बाराको सिमरामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । 

अन्तरक्रियाका क्रममा जिफन्टकी उपाध्यक्ष एवम् मधेश प्रदेशकी प्रदेश सभा सदस्य मञ्जु थापा मगरले १६ दिने अभियानका अवसरमा मात्रै सक्रिय हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । उनले महिला हिंसा अन्त्यका लागि सांस्कृति अभियान थाल्नुपर्ने आवश्यक्ता औँल्याइन् । महिला हिंसासँगै लैंगिकताका आधारमा हुने हिंसाका लागि सबैले हातेमालो गर्नुपर्ने बताउँदै उनले महिला हिंसा सम्बन्धी निर्मित नीति तथा कानुन कार्यन्वयनका लागि सरोकारवालालाई दबाब दिनुपर्ने धारणा राखिन् । 

सोही अवसरमा जिफन्ट महिला कमिटीकी सदस्य गीता भण्डारीले नेपालको श्रम आन्दोलनको पृष्ठभूमिसँगै श्रम आन्दोलनमा सि १९० को सान्दर्भिकताका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएकी थिइन् । व्हिनका अध्यक्ष आनन्द थामीले लैंगिक हिंसा सम्बन्धी १६ दिने अभियानका बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रममा जिफन्ट मधेश प्रदेशका अध्यक्ष कमलेश झा, मनोज चौधरी, अमृतलाल श्रेष्ठ, सम्झना लामा, बिना पराजुली लगाएतका वक्ताहरुले लैङ्िगक हिंसा सम्बन्धि धारणा राखेका थिए । गीता भण्डारीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा शान्तिदेवि दासले स्वागत मन्तव्य राखेकी थिइन् भने ओमकुमारी शर्माले सहजीकरण गरेकी थिइन् । 


 

Back to top