×

वीरगञ्ज । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगञ्ज ९९ मेगाहर्जले आफनो प्रसारणको २१ वर्ष पुरा गरेको छ । २२ औँ बर्षमा प्रवेश गरेको अवसरमा शनिवार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २४ महिलासहित २ सय ४५ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए । 

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले रक्तदान गरी शुभारम्भ गरेको कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंह, पूर्वमन्त्री कलावती पासवान, वीरगञ्ज उद्योग वाणिज्य संघ उपाध्यक्ष मनोज दास, सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, नेपाल शिक्षक संघ वाराकी उपाध्यक्ष अनिला चौधरी, सुजाता उप्रेती, नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कुमार झा, तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता, द्वारिका उपाध्याय, तरुण दल वाराका अध्यक्ष सुनिल पटेल, हरेन्द्र यादव लगायतले रक्तदान गरेका थिए । 

सो अवसरमा रेडियो वीरगञ्जका रामप्रवेश चौधरी, अफरोज अर्पण, महेश कठायत, ओम मिश्र, निशान्त चौधरी, अखिल पटेल, प्रेम पटेल, ओमप्रकाश पाण्डे लगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनतालाई सूचना, मनोरञ्जनसँग सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत रेडियो वीरगञ्जको महत्वपूर्ण योगदान रहेको बताए । समाज परिवर्तनको दिशामा रेडियोको भूमिका अझ महत्वपूर्ण बन्ने अपेक्षा आफूले लिएको सिंहको भर्नाई छ । 

रक्तदान कार्यक्रममा विशेष गरी नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति  एवं युवा नेता लोकेश सिंह, जसपाका युवा नेता ईश्वर यादव, पन्नालाल लगायतको विशेष भूमिका रहेको थियो । बारा कांग्रेसका क्षेत्रिय सभापति लोकेश सिंह १ सय भन्दा बढी मोटर साईकलमा बाराका विभिन्न ग्रामिण क्षेत्रबाट युवा तथा युवतीहरुलाई रक्तदान गर्नका लागि र्‍याली सहित लिएर रेडियो परिसरमा पुगेका थिए । 

No description available.

कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना, तरुण कुमार, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजय चौरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, प्रदेश सभाका पूर्व सदस्य राजेश्वर साह तेली, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, वाराका प्रहरी उपरीक्षक सरेश काफ्ले, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रकी सयोजक मधु राणा, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, जिल्ला अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय महासचिव राम कुमार एलन, मानव सेवा आश्रमका प्रदेश संयोजक देवेश गुप्ता, सामाजिक अभियनता प्रकाश थारु, जनमत पार्टी पर्साका ओम प्रकाश सर्राफ, मुकेश द्विवेदी, लोसपाका केन्द्रिय सदस्य निजामोद्दिन समानी, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष मनोज चौधरी, राजन श्रीवास्तव, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान, लगायतको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रमको समापन गर्दै रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रममा सहभागि सम्पूर्णलाई आभार प्रकट गरे । उनले छोटो समयमा गरिएको तयारीमा रक्तदाताहरुको उल्लेख्य उपस्थितिले आफूलाई थप उर्जा मिलेको प्रतिक्रिया दिए ।

No description available.

 सो अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका इन्चार्ज सौरभ राज पाण्डेले अध्यक्ष साहलाई प्रमाण पत्र प्रदान गरेका थिए भने साहले इन्चार्ज पाण्डे सहित रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग पुर्याउने केन्द्रका १३ जना कर्मचारीलाई मायाको चिनो प्रदान गरेका थिए । 

No description available.

Back to top