×

वीरगञ्ज । पर्साको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ । 

शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झबराहाका विभिन्न गाँउमा करिब ३० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र पटेर्वासुगौलीबाट प्रहरी निरिक्षक रामराजा केशरीको कमाण्डमा खटिएको .५० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।    

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताए । गाँजा खेती गर्नेहरुको पहिचान गरी उनिहरुको खोजी भइरहेको उनले बताए ।
 

Back to top