×

वीरगञ्ज । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको मधेस प्रदेश इन्चार्जको जिम्मेवारी पर्साका मोहम्मद निजामले पाएका छन् । 

सङ्घको केन्द्रीय सचिवालय सदस्य समेत रहेका निजामलाई मधेस प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो ।

निजाम सङ्घको केन्द्रीय सचिवालय सदस्य हुँदै इन्चार्ज बनेका हुन् । मधेस प्रदेशका युवाहरूबिच निकै लोकप्रिय निजाम नेकपा एमाले मधेस प्रदेश कमिटीको सदस्य समेत हुन् ।

राजनीतिकसँगै समाज सेवामा पनि सर्किय निजाम पछिल्लो पटक जाजरकोटमा गएको भूकम्प पश्चात् पार्टीले गरेको निर्णयअनुसार पूर्ण निर्माणको कार्यमा पनि खटिएका थिए । त्यस्तै उनी कोरोना कालमा पनि उतिकै सक्रिय थिए । निजाम पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताका स्वकीय सचिव पनि हुन् ।
 
त्यस्तै प्रदेश कमिटीको सह-इन्चार्जको जिम्मेवारी भावना आचार्य  र मनिष श्रेष्ठले पाएका छन् ।

Back to top