×

बलिउड फिल्म ‘राजा हिन्दुस्तानी’ को निर्देशन धर्मेश दर्शनले गरेका थिए । यो रोमान्टिक ड्रामा फिल्म १५ नोभेम्बर सन् १९९६ मा रिलीज भएको थियो ।

राजा हिन्दुस्तानीमा आमिर खान र करिश्मा कपूरले मूख्य भूमिका निर्वाह गरेका छन् । फिल्मको बजेट ५.७५ करोड थियो र यसले ७६.३४ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

फिल्मका लागि आमिर र करिश्माको चुम्बनको दृश्य पनि थियो । यो सीन एक मिनेट लामो थियो । यो सीन गर्न ४७ पटक रीटेक भएको थियो ।

यो सीनको शुटिंगका क्रममा करिश्मा कपूर एकदमै नर्वस भएकी थिइन् । धर्मेशले सीन शूट गर्नका लागि करिश्माकी आमा बबितालाई पनि सेटमा बोलाएका थिए ।

‘लिपलक सीन’ को शुटिंगका लागि बबिता तीन दिनसम्म सेटमा उपस्थित भएकी थिइन् ।

Back to top