×

जाडोमा चिसोको कारणले विभिन्न प्रकारका विमारीहरु हुने गर्छन् । यस्तो शरीरमा रोग प्रतिरोधात्मक प्रक्रिया बलियो हुन एकदमै जरुरी हुन्छ । यस मौसममा सबैभन्दा ठूलो चुनौती आफूलाई फिट राख्नु हुन्छ ।

त्यसले आज हामी शरीरलाई तातो बनाइराख्ने र स्वादिष्ट नास्ताका बारेमा बताउनेछौं ।

जाडोमा गुँड खानु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसभित्र फोलिक एसिड, आइरन, क्याल्सियम, सेलेनियम र पोटाशियम जस्ता पोषक तत्वहरु पाइन्छन् । यी सबै तत्व शरीरका लागि एकदमै गुणकारी सावित हुन्छन् ।

जाडोमा खासगरी शरीरको इम्युन सिस्टम बलियो हुन जरुरी हुन्छ । यो ठिक भयो भने तपाईंलाई रुघाखोकी चिसो हुनबाट जोगिन्छ । साथमा मौसमी विमारीहरुले पनि भेटाउँदैन ।

यसका लागि तपाईं गुड र रोटी साथमा खान सक्नुहुन्छ । यसले तपाईंको भोक शान्त पार्नुका साथै इम्युन सिस्टम पनि बलियो हुन्छ ।
गुँडले भित्रैदेखि शरीरलाई तातो बनाउँछ र यसलाई रोटीसँग खाँदा नास्ता पनि भइहाल्छ साथमा यसले भोक पनि शान्त हुन्छ । रोटी र गुँडको मिश्रण स्वादका लागि पनि शरीरका लागि पनि फाइदाजनक हुन्छ ।

रोटीसँग गुँड खाँदा पाचन प्रणाली पनि स्वस्थ रहन्छ । यी दुवै चीजलाई एकसाथ खाँदा तपाईंको पाचन प्रक्रियामा सुधार आउँछ । जसले गर्दा कब्जियत, पेट दुख्ने, ग्यास जस्ता समस्याबाट छुट्कारा पाइन्छ ।

तपाईं तौल बढ्ने समस्याले ग्रस्त हुनुहुन्छ भने पनि जाडोमा रोटी र गुँडको सेवन गर्न सक्नुहुन्छ । यसले शरीरमा मेटाबोलिज्म बुस्ट हुन्छ जसले गर्दा तौल कम गर्न सजिलो हुन्छ ।

Back to top