×

बदलिँदो मौसम र चिसोमा विशेषगरी रुघाखोकीको समस्या बढ्न थाल्छ । कहिलेकाँही त खोकी एकदमै धेरै दिनसम्म लागेर दिक्क बनाउँछ ।

सुख्खा खोकी लागिरहँदा त्यसले अन्य समस्या पनि आउन थाल्छन्, जसबाट बच्नका लागि मानिसले विभिन्न उपाय अपनाउँछन् । हामी तपाईंलाई केही घरेलु उपाय बताउने छौं, जसले पुरानो भन्दा पुरानो खोकीबाट पनि छुट्कारा पाउन सकिन्छ ।

अदुवालाई सुख्खा खोकीको रामवाण उपचार मानिन्छ । अदुवाका साना टुक्रामा थोरै नुन मिसाएर दाँतमा दबाउनुहोस् र यसलाई चुसिरहनुहोस् । यसले सुख्खा खोकीबाट छिट्टै राहत पाउन सकिन्छ ।

त्यस्तै अर्को उपाय हो बेसार र दुधको सेवन गर्नु । दुधमा बेसार पकाएर यसलाई मनतातो पिउँदा रुघाखोकीमा एकदमै राम्रो काम गर्छ ।

त्यस्तै खोकीले सताइरहेको छ भने महले पनि औषधिको काम गर्छ । मह खाँदा घाँटीमा जमेको खकारबाट छुट्कारा पाउन सकिन्छ । यसका लागि एक गिलास पानीमा दुई चम्चा मह मिसाएर दैनिक सेवन गर्नुहोस् । यसले छिट्टै नै खोकीको समस्या कम हुनेछ ।

Back to top