×

वीरगञ्ज । पछिल्लो परिवेशमा -याप रुचाउनेहरुको संख्या बड्दै गएको छ । अझ भन्ने हो भने युवा पिढीमा -यापको आकर्षण बढ्दो छ । कुनै कथालाई पस्किने उत्कृष्ट माध्यम पनि -याप बनेको छ । यही माध्यमलाई पछ्याइरहेका एक जना -यापर हुन् महमद अफताब शेख । जो अफु इन्सेनको नामबाट परिचित छन् ।

यसअघि आफ्नै युट्युब च्यानल, फेसबुकका साथै वीरगञ्जका स्टेज कार्यक्रममा मात्रै सिमित हुने अफताबको व्यस्तता अचेल बढेको छ । उनी विभिन्न विषयवस्तुमा आधारित रहेर आफै शब्द लेख्छन् । राष्ट्र भावलाई समेटिएका देश र मधेशका मुद्दा उनले -यापमार्फत उठाउँदै आएका छन् ।

-याप गीत सुन्ने र यामा बुद्ध, बालेन, मिस्टर डि, भिटेन जस्ता नेपाली -यापरहरुलाई पछ्याउँदै उनले -याप संगीतमा पाइला चाले । वीरगञ्जको मुर्लीस्थित वीरगञ्ज गोल्डेन गेट एकेडमीबाट नर्सरी देखी कक्षा १० सम्मको अध्ययन सकेर उनी हाल वीरगञ्ज इन्सिच्युट अफ टेक्नोलाजी (बिआईटी इन्जिनियरींग कलेज) मा अध्ययनरत छन् । 

अफु इन्सेन (अफताब) ले बलात्कारको घटनामा आधारित रहेर बनेको वैब सिरिज ‘आरती’ मार्फत नेपाली चलचित्र क्षेत्रमा -यापरको रुपमा डेब्यु गरेका छन् । उक्त गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्बजनिक भएको छ ।

आरती वेबसिरिजलाई रोशन दासले निर्देशन गरेका छन् भने मनीषा गिरी, राज पौडेल, नूतनसहित अन्य कलाकारको अभिनय सिरिजमा देख्न सकिन्छ । आरती सिरिज छिटै नेट टिभीमा आउने निर्माण पक्षले जनाएको छ । 

र्‍याप सुन्न यहाँ क्लिक गर्नुहोस् । 

Back to top