×

वीरगञ्ज । श्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका – ३ चमारटोलस्थित सीमा इलाकाबाट मङ्सिर १६ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।

सोही जिल्लाको बरियारपट्टी गाउँपालिका – २ श्रीपुर बस्ने ४२ वर्षीय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो । उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसेक पछि नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

Back to top