×

भारतको चार प्रदेशमा भएको विधान सभा निर्वाचनमा तीन प्रदेशमा भारतीय जनता पार्टीले अग्रता लिएको छ । मध्य प्रदेश, राजस्थान, छत्तिसगढ र तेलंगानामा भएको विधान सभाको प्रारम्भिक मत परिणाममा तीन प्रदेशमा भाजपा अगाडि देखिएको छ ।

मध्य प्रदेशमा भाजपा काङ्ग्रेससहितको गठबन्धनभन्दा धेरै अगाडि छ। २ सय ३० विधान सभा सिट रहेको मध्य प्रदेशमा भाजपाले एक सय ६१ सिटमा अग्रता लिएको छ ।

एक सय ९९ सिट रहेको राजस्थानमा पनि भाजपाले नै अग्रता लिएको छ। भाजपा ९९ सिटमा अगाडि छ भने काङ्ग्रेस ६७ सिटमा अगाडि देखिएको छ ।

छत्तिसगढमा पनि ५५ सिटमा अग्रता लिएर भाजपा अगाडि छ। जम्मा ९० सिट रहेको छत्तिसगढमा बहुमतका लागि ४६ सिट भए पुग्छ । छत्तिसगढमा भाजपा पराजित हुने आङ्कलन गरिएको थियो। काँग्रेससहितको गठबन्धन ३२ सिटमा अग्रता लिइरहेको छ ।

तेलंगानामा भने काङ्ग्रेससहितको गठबन्धनले ६४ सिटमा अग्रता लिएको छ । एक सय १९ सिट रहेको यो प्रदेशमा सरकार बनाउन ६० सिट चाहिन्छ । भाजपाले तेस्रो स्थानमा छ ।

Back to top