×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबार सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ ।

महासङ्घले आइतबार ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो ।

अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो ।

जुन, आइतबार ८०० ले बढेर तोलामा १ लाख २० हजार ८०० पुगेको हो । यस्तै, आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।  

यस्तै, आइतबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रवारको तुलनामा ५ रुपैयाँले बढेको हो । शुक्रवार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो ।

Back to top