×

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काङ्ग्रेसलाई प्रचण्ड पथमा हिँडाएको आरोप लगाएका छन् ।

डडेलधुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘यो सरकार प्रचण्ड पथमा लागेको छ । आफ्नै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरू प्रचण्ड पथतर्फ गइरहेका छन्,।’

अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले कमिसन र तस्करीलाई प्रोत्साहन गर्नुका साथै जनतामा निराशा बढाएको बताए । उनले भने, ‘नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा र एमालेको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साकार पार्ने उद्देश्यका साथ आजबाट पुष्पलाल मध्य पहाडी लोक मार्गमा सुरु गरेको अभियानमा देखिएको उत्साहपूर्ण साथ र सहयोग, एमालेप्रतिको विश्वासले मलाई हर्ष लागेको छ ।’ 

आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी समेत गरे । उनले भने, ‘यो सरकार ढाल्नै पार्दैन, यो त आफैँ ढल्दै छ, यो अहिले नै हल्लिरहेको छ,’ यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरूको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिँदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन ।’

ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाइरहेको जनाए । सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निर्माण व्यवसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाए ।

Back to top