×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार, मङ्गलवार र बुधवार नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रवार घटेको हो ।

बुधवार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार भने स्थिर रह्यो । बुधवार सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, शुक्रवार चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला १५ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो ।

Back to top