×

मुम्बई । विक्की कौशल स्टारर फिल्म “सामबहादुर” आजबाट हलमा रिलिज भएको छ । फिल्मलाई लिएर फ्यानमा निकै उत्साह देखिएको छ । 

यी सबैको बिचमा विक्की कौशलकी पत्नी तथा अभिनेत्री कट्रिना कैफले “सामबहादुर”को पहिलो रिभ्यु सेयर गरेकी छिन् । अभिनेत्रीले “सामबहादुर” र उनका पति विक्की कौशलको अभिनयको तारिफ गर्दै इन्स्टाग्राममा लामो नोट लेखेकी छिन् । उनले फिल्मको प्रशंसा गर्दै फिल्मलाई त्यसलाई ‘काव्यात्मक’ बताएकी छन् ।

क्याटरिना कैफले आफ्नो नोटमा लेखेकी छिन् कि “सामबहादुर”को रूपमा विक्की कौशलले एक दमदार अभिनय छ, जुन याद रहने छ र अभिनेताले कसरी चरित्रमा आफूलाई डुबाएको हुनुपर्छ भन्ने यसमा देखिन्छ ।

कट्रिनाले लेखेकी छिन्, “मेघना गुल्जार यस्तो काव्यात्मक सुन्दर क्लासिक फिल्म अर्को युगमा पनि लागोस् । तपाईँले कथा बताउनको लागि उनको जोस र हरेक शटमा विवरणमा ध्यान देख्न सक्नुहुन्छ । र, साम....ग्रेस, वीरता र अभिवादन । कस्तो प्रदर्शन, निर्दोष, म अचम्ममा छु, तपाईँ धेरै प्रेरणादायक हुनुहुन्छ, तपाईँको शिल्पमा यस्तो शानदार अभिन्न तरिकामा सत्य हुनुहुन्छ, तपाईँलाई पर्दामा चम्किरहेको देख्दा गर्व छ । गत वर्ष मैले तपाईँलाई यो चलचित्रमा राखेको र साममा रूपान्तरण गरेको देखेको थिएँ ।’

Back to top