×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । सर्लाहीको सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला परेको छ । 

मलङ्गवा नगरपालिका–९ स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५–६ महिना जतिको देखिने मृत दुई शिशु फेला परेका हुन् ।

बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।  

मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । शिशु फाल्नेको खोजी सुरु गरिएको डिएसपी थारुले बताए ।

अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यी शिशु फालेको आशङ्का गरिए पनि यस सम्बन्धमा सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ ।

Back to top