×

जाजरकोट । जाजरकोटमा भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्ने गरेकी एक सुत्केरीको चिसोले मृत्यु भएको छ ।

जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीय शर्मिला चदाराको मृत्यु भएको हो । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ।

स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।”

चदाराले छोरीको जन्म दिएकी थिइन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भयो भने तीन सय ४६ घाइते भएका थिए ।  

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्ण रूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । जाजरकोटमा चिसोले मृत्यु हुनेको सङ्ख्या यसअघि नै १४ पुगिसकेको छ ।

Back to top