×

बलिउडका किंग शाहरुख खानले आफ्नो करिअरमा कयौं हिट फिल्म दिएका छन् । धेरैले शाहरुखको रोमान्टिक वा भावुक भूमिका मन पराउँछन् ।

शाहरुख खानका सुपरहिट फिल्म मध्ये एक ‘कल हो ना हो’ पनि हो । जुन फिल्म उनले चार दिन शुटिङ गरेपछि छोड्न चाहन्थे । उनको यो फिल्म सन् २००३ मा रिलीज भएको थियो । यस फिल्ममा शाहरुखसँग सैफ अली खान र प्रीति जिन्टा देखिएका थिए ।

चार दिनको शुटिङपछि शाहरुखको ढाडमा एकदमै धेरै दुखाई हुन थालेको थियो, जसले गर्दा उनले यो फिल्म गर्न नै अश्वीकार गरेका थिए । फिल्मका निर्देशक निखिल आडवाणीले शाहरुखको कुरा मानेनन् । निखिलले फिल्मलाई छ महिनापछि शुट गर्ने निर्णय गरे ।

पछि शाहरुखको कम्मर दुख्न निको भएपछि मात्र उक्त फिल्मको शुटिङ गरिएको थियो । फिल्म ‘कल हो ना हो’ मा तीन साथीबीच लव ट्रायंगल देखाइएको छ ।

Back to top