×

बलिउड अभिनेता रणवीर कपूर को फिल्म ‘एनिमल’ को एकदमै चर्चा छ । यो फिल्मका लागि प्रसंशक आतुर छन् । यहीबीच रणवीर कपूरका फ्यानहरुले उपहार पाएका छन् । शुक्रबार दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खलीफामा फिल्म ‘एनिमल’ को एक मिनेटको क्लिप देखाइको छ ।

बुर्ज खलीफामा आफ्ना मनपर्ने अभिनेता रणवीर कपूरको झलक पाएर प्रसंशक उत्साहित भएका थिए । जब फिल्मको क्लिप बुर्ज खलीफामा देखाइयो त्यतिबेला रणवीर कपूर, बबी देओल र भुषण कुमार पनि देखिएका थिए ।

उक्त भिडिओ मिडियामा भाइरल भइरहेको छ । रणबीरले आफ्नो फिल्मको क्लिप बुर्ज खलीफामा देखाइरहेको तस्वीर क्यामरामा कैद गरिरहेका थिए । फिल्मको टीजर तथा गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।

Back to top