×

वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठको अवसरमा जरूरतमन्दलाई वीरगञ्ज – १३ नेता रुस्तम शेखले छठ सामग्री वितरण गरेका छन् ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि असहाय, विपन्न, एकल महिला लगायतका जरूरतमन्दलाई युवा नेता शेखले साडी र आटा वितरण गरेका हुन् ।

नेता शेखले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ५५ जना असहाय, विपिन, एकल महिला लगायत जरूरतमन्दलाई साडी र आटा वितरण गरेको जानकारी दिए । 

उनले पर्वमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

Back to top