×

वीरगञ्ज ।  वीरगञ्जको मुर्लीस्थित छठ घाटको सजावट तथा व्यवस्थापनमा करिब २१ लाख रुपैयाँ  खर्च हुने अनुमान गरिएको छ ।

छठ पूजा व्यवस्थापन समिति मुर्लीले आयोजना शनिवार एउटा पत्रकार सम्मेलनको आयोजना गरेर टेन्ट पण्डाल, फूल, बत्ती सजावटमा ९ लाख, भिडियो ग्राफमा ७५ हजार, पुरस्कारमा २ लाख ५०, सरसफाइमा १ लाख ५० हजार रुपैयाँ गरी झन्डै २९ लाख रुपियाँ खर्च हुने जनाएको छ  खर्च हुने ।

समितिका कोषाध्यक्ष राजेश कुमार गुप्ताले छठ घाटमा आउने व्रतालु, दर्श नार्थी र भक्तजनहरूको सुरक्षा सहजताका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब एक सय ५० जना सुरक्षाकर्मी, सामाजिक युवा एकता क्लब र फ्रेन्डस अर्गनाइजेशन सोसल एक्टिभिटी एन्ड सर्भिसका ५० जना स्वयंसेवक समेत परिचालन गरिएको जानकारी दिए । 

यस्तै छठ घाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको र सादा पोसाकमा पनि प्रहरी परिचालन गरिने समितिका सुरक्षा उपसमितिका संयोजक मदन साह कानुले जानकारी दिए । 

कानुका अनुसार गत वर्षको छठ घाट सजावट र व्यवस्थापनमा ११ लाख रुपैयाँ खर्च भएको थियो । यद्यपि दान र चिट्ठा मार्फतबाट १ लाख ४७  हजार रुपैयाँ बचत पनि भएको थियो । 

समितिका अध्यक्ष विजय उपाध्यायको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा वीरगञ्ज – १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता, सल्लाहकार सिताराम साह कानु, रामअवतार साह कानु, तारा प्रसाद साह, धिरज साह कानुलगायतको सहभागिता थियो ।

Back to top