×

बलिउड अभिनेत्री कैटरीना कैफले आफ्नो करिअरमा कयौं फिल्म रिजेक्ट गरेकी छन् । फिल्म ‘चेन्नई एक्सप्रेस’ का लागि सबैभन्दा पहिला कैटरीनालाई अफर गरिएको थियो । पछि उनले कारणवस फिल्म नगर्ने भएपछि दीपिका पादुकोणलाई लिइएको थियो ।

कैटरीनाले संजय लीला भन्सालीको फिल्म रामलीला पनि छोडेकी थिइन् । अर्जुन कपूरको फिल्म हाफ गर्लफ्रेन्डसकाे पहिलो रोजाई पनि कैटरीना कैफ दिइन् । पछि फिल्ममा श्रद्धा कपूरलाई लिइएको थियो ।

फिल्म गुन्डेका लागि पनि प्रियंका चोपडाको स्थानमा कैटरीना कैफलाई लिने प्रयास गरिएको थियो । फिल्म बर्फीका लागि पनि प्रियंका चोपडाको स्थानमा अनुराग वासुले कैटरीना कैफलाई लिन चाहन्थे । कैटरीना अहिले टाइगर ३ मा देखिएकी छन् ।

Back to top