×

शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ आएको पनि १६ वर्ष पूरा भइसकेको छ । यस फिल्ममा दीपिका पादुकोण र शाहरुख खान मुख्य भूमिकामा देखिएका छन् ।

तर, के तपाईंलाई थाहा छ यस फिल्मको शुटिंगको क्रममा जतिबेला शाहरुखले आफ्नो शर्ट खोल्ने गर्थे फराह खानले बाल्टीमा वान्ता गर्ने गर्थिन् ।

फराह खानले एक अन्तरवार्तामा बताएकी छन्, दर्द ए डिस्को गीतको शूटिंगका क्रममा शाहरुखले शर्ट खोल्ने बित्तिकै उनलाई वान्ता आउने गर्थ्यो ।

फराहका अनुसार ओम शान्ति ओम’ को शुटिंगको अन्तिममा उनी गर्भवती भइसकेकी थिइन् । तर उनको फिल्मको एउटा गीतको शुटिंग बाँकी नै थियो । जसले गर्दा उनले गर्भावस्थामा पनि काम गर्नुपरेको थियो ।

फराहले भनिन्, “त्यसैले जब शाहरुख आफ्नो शर्ट खोल्थे त्यसपछि मैले त्यही सेटमा राखिएको एक बाल्टीमा उल्टी गर्ने गर्थें ।” फराह खानले पछि शाहरुखलाई मैले तिम्रो शरीर देखेर वान्ता गरेको थिएन भनेर सम्झाएकी थिइन् ।

साथमा उनले शाहरुख उक्त गीतमा एकदमै ‘हट’ देखिएको समेत बताएकी थिइन् ।

Back to top