×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । दसैँ अवधिमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् । 

सप्तमीदेखि विजयादशमीसम्ममा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस अवधिमा २३ वटा मोटरसाइकल, ७ वटा कार/जिप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तिन वटा अटो दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

यसै गरी ट्राफिक नियम उल्लङ्घन गरी चलाएका २२ वटा सवारी साधनहरूबाट ३ लाख ५७ हजार राजस्व समेत सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।

यस वर्षको दसैँमा गत वर्ष भन्दा कम दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।

Back to top