×

वीरगञ्ज ।  नेपाल र मित्र राष्ट्र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

एक साताको चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा १३ बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो।

जसमा विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा परियोजना रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। सोमबार दुइपक्षबीच भएको सम्झौता र सहमतीलाई आज (मंगलबार) संयुक्त प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको हो ।

द्विपक्षीय सम्झौताहरू:

१ राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबिच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर

२ चीन र नेपाल सरकारबिच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण

३ डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

४ नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबिच हरित र न्यून–कार्बोन विकाससम्बन्धी एमओयू,

५ सिजाली विद्यालय परियोजनाबारे सम्झौता

६ कृषि, पशुपालन र मत्स्यपालनमा सहयकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

७ सन् १९८१ नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

८ नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

९ चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

१० विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर

११ मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान

१२ हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता

द्विपक्षीय सम्झौता पत्रहरू हेर्न यहा किलीक गर्नुस

Back to top