×

हिन्दु धर्म तथा वास्तुशास्त्रमा पनि प्रकृति र जनावरलाई समेत विशेष महत्व दिइएको छ । चराचुरुङ्गी तथा जनावरको ग्रहसँग पनि विशेष सम्बन्ध रहेको हुन्छ । त्यसैले उनीहरुलाई शुभ र अशुभ श्रेणीमा राखिएको हुन्छ ।

यसरी नै परेवा त्यस्तो पंक्षी हो जसलाई शास्त्रमा शुभ पंक्षीको श्रेणीमा राखिएको छ । भनिन्छ घरमा परेवा प्रवेश हुने बित्तिकै सौभाग्यमा परिणत हुन्छ । तसर्थ, शास्त्रमा लेखिएको हुन्छ यदि घरमा परेवाको गुँड छ भने कहिल्यै नष्ट गर्नु हुँदैन । धेरैजसो परेवाले घरको बाल्कोनी, छतका कुना, एसी आदि राखिएका ठाउँमा गुँड बनाउने गर्छन् ।

शास्त्रमा परेवाको गुँडलाई शुभ मानिएको छ । घरमा परेवा प्रवेश गरेको खण्डमा परिवारमा सुख र समृद्धि आउने विश्वास गरिन्छ । यदि तपाईंको घरमा परेवाले गुँड बनाइरहेको छ भने छिट्टै धनलाभ हुने संकेत मानिन्छ ।

परेवाले सुख र समृद्धि ल्याउने विश्वास गरिन्छ । साथै शान्तिको प्रतिकको रुपमा पनि परेवालाई लिने गरिन्छ । त्यसैले घरमा शान्ति सुख समृद्धि, धनवान बनाउने मान्यता रहिआएको छ । त्यसैले घरमा परेवाले बनाइरहेको गुँडलाई भत्काउने काम नगर्नुहोस् । परेवालाई दैनिक रुपमा चारो खुवाउने गरेमा ग्रह दोषहरु पनि हट्दै जाने विश्वास गरिन्छ ।

Back to top