×

युक्रेनले क्राइमियास्थित रुसी सेनाको कृष्णसागर नौसैनिक परिसरमा ड्रोन आक्रमण गरेको छ ।

अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार ड्रोन आक्रमणबाट एउटा भवनमा क्षति पुगेको र एक जना हराएका छन् । सन् २०१४ मा क्राइमियालाई आफूमा गाभेपछि रुसले त्यहाँ सैन्य मिसन खडा गरेको थियो ।

युक्रेनको हवाइ सेनाका कमाण्डर लेफ्टीनेन्ट जनरल माइकोला ओलेस्चुकले क्राइमियामा सफल आक्रमण गरेको भन्दै थप आक्रमण गर्ने बताएका छन् ।

थप ड्रोन हमला गर्ने भन्दै युक्रेनी सेनाका अधिकारीहरुले सामाजिक सञ्जाल मार्फत सो शहरका वासिन्दालाई समेत आफ्नो सुरक्षा गर्न भनेका छन् ।

Back to top