×

 रोहित शेट्टीको व्यक्तिगत जीवन पनि त्यतिबेला एकदमै चर्चामा आएको थियो जब उनले श्रीमती हुँदाहुँदै अन्य युवतीसँग अफेयर चलाएका थिए । उनी विवाहित हुँदाहुँदै पनि एक जना अभिनेत्रीसँग प्रेममा परेका थिए ।

रोहित शेट्टीको बलिउड अभिनेत्री प्राची देसाईसँग प्रेम चलेको थियो । यी दुवैको बोलचाल फिल्म ‘बोल बच्चन’ को सेटमा भएको थियो । खबरअनुसार दुबै लिव–इन रिलेशनशिपमा पनि बस्न थालेका थिए ।

रोहित शेट्टी प्राची देसाईका लागि श्रीमती तथा बच्चा छोड्न पनि तयार भएका थिए । उनीहरुलाई कयौंपटक सँगै देखिएको थियो । अफेयरका कारण रोहित शेट्टीको घरबार बिग्रनै लागेको थियो । तर पछि दुवै आ–आफ्नो बाटो लागेका थिए ।

यस अफेयरले रोहित शेट्टी र उनकी श्रीमतीबीच झगडा भएको थियो । पछि रोहित र प्राची अलग भएपछि यो विषय पनि सेलाउँदै गयो । अहिले रोहित आफ्नी श्रीमती र बच्चासँग खुशीको जीवन बिताइरहेका छन् ।

Back to top