×

फाइल तस्वीर ।

वीरगञ्ज । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा अनिल रुङ्टा मनोनित भएका छन् ।

संविधानसभा सदस्य समेत रहेका नेता रुङ्टलाई आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पर्सा निवासी रुङ्टा नेपालका प्रतिष्ठीत उद्योगपति पनि हुन । उनी काङ्ग्रेसका विभिन्न समितिहरूको सदस्य पनि छन् ।

रुङ्टासँगै केन्द्रीय सदस्यमा मनोनित हुनेमा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह र कास्कीका शारदा पौडेल रहेका छन् ।

Back to top