×

फाईल फोटो

सन् २००७ मा रिलिज भएको चलचित्र ‘जब वी मेट’ ले शाहिद कपुर, करिना कपुर र यसका निर्देशक इम्तियाज अलीको जीवनमा ठुलो परिवर्तन लिएर आयो । चलचित्र बक्स अफिसमा हिट साबित भयो भने समालोचकहरूले पनि चलचित्रको प्रशंसा गरेका थिए । करिनालाई आजसम्म सोही चलचित्रको भूमिका लागि सम्झिने गरिन्छ ।

१६ वर्षपछि यस चलचित्रको दोस्रो भाग बनाउने योजना बनाइएको छ । टाइम्स नाउको रिपोर्ट अनुसार चलचित्रको सुरुवाती चरणमा काम भइरहेको छ । चलचित्रलाई राज मेहताले निर्माण तथा इम्तियाज अलीले निर्देशन गर्ने बताइएको छ । निर्माताहरुले यस चलचित्रका लागि करिना कपुर र शाहिद कपुरसँग कुराकानी गरिरहेका छन् । यदि यो सफल भयो भए भने कुनै समय प्रेम–जोडी रहेका यी दुई जनालाई ७ वर्षपछि सँगै काम गरेको देख्न पाइनेछ ।

दुवैले अन्तिम पटक सन् २०१६ मा रिलिज भएको चलचित्र ‘उड्ता पञ्जाब’मा काम गरेका थिए । यद्यपि, दुवैले एक अर्कासँग स्क्रिन सेयर भने गरेका थिएनन् । यो वर्ष मुम्बईका केही हलमा चलचित्रलाई रि–रिलिज गरेपछि चलचित्रको दोस्रो भागको बारेमा चर्चा सुरु भएको थियो । फ्यानहरूको उत्साहलाई देखेर नै निर्माताहरुले यसको दोस्रो भाग बनाउने निर्णय गरेका थिए ।

Back to top