×

धेरैलाई तौल बढेर समस्या हुन्छ भने समाजमा केही त्यस्ता व्यक्ति पनि छन् जसलाई तौल बढाउन अनेक उपाय गर्नु परिरहेको हुन्छ ।

त्यस्ताले तौल बढाउनका लागि जथाभावी खानेकुरा खानुभन्दा स्वस्थ खालका खानपान जसले तौल पनि बढ्न मद्दत गर्छ त्यस्तो खानपान अपनाउनु पर्दछ । जानौं त्यस्ता केही खानेकुराका बारेमा–

स्वस्थ खानपानमा तौल बढाउने कुरा आउँदा बित्तिकै ड्राई फ्रुटहरु पहिलो नम्बरमा आउँछ । किसमिस, काजु, ओखर, बदाम, पिस्ता आदि ड्राई फ्रुटमा विभिन्न पोषक तत्वहरु हुन्छन् जसले गर्दा तपाईंको तौल पनि बढ्छ र शरीरलाई हानी पनि गर्दैन ।

मोटाउनका लागि बनाना सेक पनि पिउन सकिन्छ । बनाना शेक पोषक तत्वहरुले भरपूर र स्वस्थ फ्याट हुन्छ जसले तौल बढाउन सहयोग गर्छ ।

त्यस्तै पिनट बटर यानिकी मुंफलीको बटर पनि खान सकिन्छ । रोटी, बे्रड आदिमा पिनट बटर लगाएर खाने गर्दा शरीरमा प्रोटिन पनि प्रसस्त मात्रामा पाइन्छ भने मोटाउन पनि सहयोग हुन्छ ।

त्यस्तै दुग्धजन्य पदार्थहरु पनि मोटाउनका लागि सहयोगी हुन्छ । केसर दुध, दही, घ्यू आदिको सेवन दैनिक रुपमा आफ्नो खानपानमा गर्न सकिन्छ ।

Back to top