×

वीरगञ्ज । सशस्त्र प्रहरी बलले वीरगञ्जबाट ठूलो मात्रमा भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका – १६ नगवाबाट सशस्त्र प्रहरीले सोमबार दिउँसो १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।

अवैध तरिकाले भारतबाट कपडा लिएर आइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) वीरगञ्जले १० लाख ३ सय रुपैयाँ बराबरको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सङ्गम श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार बरामद कपडा भरियाहरूले साइकलमा लोड गरेर ल्याइरहेको थिए । यद्यपि प्रहरीले देख्नसाथ कपडा छोडेर भरियाहरू साइकल चढेर फरार भए ।

बरामद कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको । कपडा धनीको पत्ता लगाउने काम भइरहेको डिएसपी श्रेष्ठले बताए ।

Back to top