×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । काठमाडौँको चाबहिलमा मोटरसाइकल दुर्घटनामा परेर वीरगञ्जका एक युवकले ज्यान गुमाएका छन् । 

काठमाडौं महानगरपालिका – ७ चाबहिलस्थित सडकमा सोमबार बेलुकी प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा वीरगञ्जका पर्शुराम महतोले ज्यान गुमाएका हुन् । 

बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चलाइरहेका काठमाडौँको पुतलीसडक बस्ने वीरगञ्ज महानगरपालिका – १४ निवासी ३२ वर्षीय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Back to top