×

वीरगञ्ज । मकवानपुर प्रहरीले विदेशी मुद्रासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका – १५ रातोमाटे सडक खण्डबाट २३ लाख ३८ हजार ५७१ रुपैयाँसहित भारतीय नागरिक रम्भु दासलाई नियन्त्रणमा लिएको हो । 

हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको  गाडी जाँच गर्ने भारतको विहारस्थित पूर्वी चम्पारण पलङवा थानापसौना वडा नम्बर ९ का ४० वर्षीय रम्भु दासले लुकाई राखेको अवस्थामा निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले दासको साथबाट युरो ५० को दरका ८० थान, जापानी मुद्रा एक हजार दरका १३३ थान, साउदी रियल एक हजार दरका दुई थान, पाँच सय दरका १५ थान, दुई दरका पाँच थान, सय दरमा ५२ थान, पचास दरका सात थान, २० दरका पाँच थान, १० दरका १३ थान, पाँच दरका सात थान गरी ११६ थान विदेशी मुद्रा बरामद गरेको छ ।

Back to top