×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टीबायोटिकको प्रयोगलाई न्यूनीकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती औषधीको प्रयोग गर्नुको कुनै औचित्य नभएको समेत दाबी गरे ।

’ डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ,’ उनले भने, ’ती औषधि न दर्ता गर्छौँ न प्रयोगका लागि अनुमति नै दिन्छौँ ।’ उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रति जैविक प्रतिरोध औषधि भने विभागमा दर्ता गरिएका छन् ।

एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको सङ्क्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको पनि उनले बताए ।

महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधी सल्लाहकार समितिको सपारिसमा ती औषधीको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिएको बताए । उनका अनुसार यसअघि पैठारी तथा उत्पादनका लागि अनुमति दिएका औषधीको सम्मिश्रणलाई बजारबाट ६ महिना भित्रमा हटाइसक्नुपर्ने छ । ढकालका अनुसार विभागले अब त्यस्ता औषधिको पनि आपूर्ति र उत्पादन गर्न अनुमति नवीकरण गर्ने छैन ।

प्रयोग गर्न नहुने एन्टिबायोटिकको सूचि :

Back to top