×

वीरगञ्ज । पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अमित आलोकले पर्सा क्रिकेट सङ्घको स्कूल, कलेज तथा ट्यालेन्ट हन्ट कार्यक्रमको लागि संयोजकको जिम्मेवारी पाएका छन् । 

सङ्घको भदौ २१ गतेको निर्णय अनुसार पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर अमित आलोकलाई पर्सा जिल्लाका सम्पूर्ण स्कूल, कलेज तथा ट्यालेन्ट हन्ट कार्यक्रमको लागि संयोजकको जिम्मेवारी दिइएको हो ।

सङ्घका अध्यक्ष मनिष सिंह आलोकलाई आइतबार संयोजकमा नियुक्त गरेका छन् । संयोजकका रूपमा आलोकले स्कूल र कलेजबाट उदीयमान नयाँ खेलाडीलाई छनोट गर्न छन् । 

उनले पाएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने अध्यक्ष सिंहको विश्वास छ ।

Back to top